थापामाथि गरिएको आक्रमणप्रति कांग्रसको घोर निन्दा(विज्ञप्तिसहित)


नेपाल समाचारपत्र, काठमाडौ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारगगन थापाको हत्या गर्ने मनसायले सोमबार बम प्रहार भएको भन्दै पार्टीले आक्रमणप्रति घोर निन्दा गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै थापामाथि गरिएको आक्रमणप्रति आपत्ती जनाएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’

बम आक्रमणले शान्तिपूर्ण एवं निर्वाद रुपमा निर्वाचन कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।