वैवाहिक जिवनमा बाधिए अभिनेता राजबल्लभ कोइराला

0
Shares

काठमाडौ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजबल्लभ कोइराला अमेरिकाको वासिङ्टन डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा आइतबार वैवाहिक जिवनमा बाधिएका छ्न । केहि महिना अगाडी अमेरिकामै आफ्नी प्रेमिका प्रतिमा बिमली संग आफ्ना निकट दुई परिवारका केही सदस्यका साथै केही आफ्ना चलचित्र क्षेत्रका साथीहरू बिच ईङ्गेजमेन्ट गरेका थिए ।

ईङ्गेजमेन्टका दौरान केहि समय पछि विवाह बन्धकमा बाधिने बताएका कोईरालाले आइतबार त्यो दिनको बाचा पूरा गर्दै आफ्नी प्रेमिका बिमली संग विवाह गरेका हुन । लामो समयदेखि एक आर्काको प्रेममा रहेका नायक कोइराला र बिमली वैवाहिक लगनगाँठोमा बाधिएका हुन् । राजवल्लभकी प्रेमिका अर्थात बेहुली जीव चिकित्सा अभियन्ता अर्थात बायो मेडिकल ईन्जिनियर हुन ।

वैवाहिक कार्यक्रममा अभिनेता राजबल्लभ कोइराला र उनकी बेहुली प्रतिमा बिमलीका परिवारका सदस्यका साथ उहाँका निकट आफन्त, नातेदार, शुभचिन्तक, कलाकार, साहित्यकारका साथै नजिकका साथिभाईहरुको उपस्थिती रहेको थियो । अभिनेता राजबल्लभ कोइरालाको फिल्मी कैरियर ओरालो लागेपछि उनी अमेरिका भासिएका थिए ।

अमेरिका हुँदापनि केहि हलिउडका चलचित्रहरुमा समेत अभिनय गर्ने अवसर पाए पनि खासै उपलब्धि पाएनन् । फिल्मी कैरियरबाट अल्गिएका कोइरालाले वैवाहिक जीवन अङ्गालेका हुन ।