गगन थापामाथि बम प्रहार, थापासहित पाँच जना घाइते


नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर ४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम प्रहार भएको छ। घटनामा उम्मेदवार थापासहित पाँच जना घाइते भएका छन्। चुनाबी कार्यक्रमा गएका बेला चपलीको माटो कोलनीमा बम आक्रमण भएको प्रहरीले जनाएको छ ।

घाइते थापासहित पाँच जनालाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारका लागि लगिएको छ ।