धुर्मुस–सुन्तली फाउन्डेसनलाई सम्मान

0
Shares

हेटौंडा,(नेस)। साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले प्रदान गर्दै आएको भैरव स्मृति सम्मान २०७३ धुर्मुस–सुन्तली फाउन्डेसनलाई प्रदान गरिएको छ।

हेटौंडामा शनिबार आयोजित एक समारोहमा हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ लाई प्राध्यापक तथा साहित्यकार डा. सुधा त्रिपाठीले नगद २१ हजार १ सय २१ रुपियाँसहित सम्मान प्रदान गरेका हुन्।

२०७२ सालको भूकम्पले क्षति पुर्याएपछि कट्टेल बस्ती पुनर्निर्माण अभियानमा छन्। तीन वटा बस्ती निर्माण गरी चौथो बस्ती निर्माणमा होमिएका उनलाई दुःखमा जनताको मन जित्ने अभियानमा लागेको भन्दै सम्मान प्रदान गरिएको साहित्य संगम मकवानपुरले जनाएको छ। कार्यक्रममा हेटौंडाका हास्य व्यंग्यकार राजकुमार लामिछानेको पुतलाकको पावर नामक पुस्तक विमोचन गरिएको छ। कार्यक्रममा पुष्पलाल स्मृति पुस्तकालय परिसरमा रहेको व्यंग्यकार भैरव अर्यालको प्रतीमामा माल्यार्पण गरिएको थियो।