माओवादी र बाँदरमुढे घटनाका पीडितबीच तीन बुँदे सहमति


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका पीडितबीच तीन बुँदे सहमति भएको छ । सहमतिमा घटनाका घाइतेहरुको निशुल्क उपचार र रोजगारीको व्यवस्था गर्ने उल्लेख छ ।

यस्तै घटनास्थलमा मृतको स्मारक बनाउने र उक्त क्षेत्रमा चिडिया खाना बनाउने, पीडित परिवारका बालबालीका लागि उच्च शिक्षाको प्रवन्ध मिलाउने र उनीहरुलाई रोजगारी दिलाउने विषयमा सहमति भएको छ ।