गौचन हत्याका मुख्य योजनाकार पक्राउ


नेपाल समाचारपत्र, काठमाडौ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकारलाई सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका १३ वाफल स्थायी घर भएका २८ वर्षीय समीर मानसिंह बस्नेतलाई सीआईबीले आइतबार सार्वजनिक गरेको हो ।
बस्नेत लामो समयदेखि गैरकानुनी गतिविधिमा संलग्न हुँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।