काठमाडौं ।
मतदाता शिक्षा कार्यक्रमका नाममा निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवारहरुको पक्षमा प्रचार गरेको भन्दै नेकपा एमालेले निर्वाचन आयुक्तमाथि नेकपा एमालेले कार्वाहीको माग गरेको छ ।
एमाले निर्वाचन परिचालन कमिटीका प्रबक्ता बिष्णु रिमालले आइतबार विहान प्रेस विज्ञप्ती जारी गर्दै अभिनेता राजेश हमालद्वारा सञ्चालित इलेक्सन क्विज कार्यक्रममार्फत् सत्तारुढ दलका उम्मेदवारहरुको पक्षमा प्रचार गरिएको भन्दै सो कार्यमा संलग्न निर्वाचन आयुक्तमाथि कार्वाहीको माग गरेको हो।
निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमको जिम्मेवारी निर्वाचन आयोगले आयुक्त इला शर्मालाई दिएको एक स्रोतले बताएको छ। शर्मा नेपाली कांग्रेसको कोटाबाट निर्वाचन आयुक्त बनेकी हुन्।
एमालेले विज्ञप्तिमार्फत भनेको छ ‘यदि त्यो प्रचार सामग्री निर्वाचन आयोगको जानकारी बेगर भएको हो र मतदाता शिक्षाको जिम्मा लिने आयुक्तको निजी निर्णयमा भएको हो भने आयोगलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र निज आयुक्तलाई तत्काल कारवाहीको लागि माग गर्दछ।’











प्रतिक्रिया