काठमाडौं २ मा नयाँ शक्तिका उम्मेदवार एमाले प्रबेश


नेपाल समाचारपत्र, काठमाडौ ।
काठमाडौं क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार एमालेमा प्रवेश गरेका छन् ।

आइतबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नयाँ शक्तिका उम्मेदवार गणेश सिंखडा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमाले नेता तथा प्रतिनिधिसभा उम्मेदवार माधव नेपालले पार्टीमा स्वागत गरेका थिए ।