कांग्रेसले दियो चुनाव बहिष्कार गर्ने धम्की !

0
Shares

गुल्मी ।नजीँकिदै गरेको दोश्रो चरणमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा गुल्मीका बामपंथी दलका उम्मेदवारले चुनाव जित्ने भएकाले नेपाली काँग्रेस गुल्मीले सर्वदलिय बैठकमा निर्वाचन बहिष्कार गर्ने धम्की दिएको छ । धम्कीका कारणले गर्दा निर्वाचनका लागि खटिएका ७ सय कर्मचारी दुई दिनदेखि सदरमुकाममा अलपत्रमा परेका छन् ।

कुन निर्वाचन केन्द्रमा कुन कर्मचारी खटिने भनेर हिजो शनिवार गोलाप्रथा गरिएको थियो । गोलाप्रथाद्धारा कर्मचारी छनौट गर्दा ३५ वटा मतदान केन्द्रमा अधिकृतदेखि कार्यालय सहयोगीसम्म कम्युनिष्ट भयो भनेर कांग्रेसले चुनाव बहिष्कार गर्ने धम्की दिएको हो ।