मतदान अधिकृतद्धारा राजीनामा


विमल विष्ट, डोटी ।
डोटीको भवानीस्थान माबी ‘क’ मतदात केन्द्रमा खटिएका मतदान अधिकृत चेतराज फुलाराले राजीनामा दिनु भएको छ । सो मतदान केन्द्रमा खटिएका फुलारा नेपाल परिवार नियोजन संघ डोटीको शाखा प्रबन्धक अर्थात गैरसरकारी संस्थाको कर्मचारी भएको भन्दै बाम गठबन्धनकोदल नेकपा एमालेले निर्वाचन आयोगमा उजुरी हालेपछि फुलाराले राजीनामा दिनु भएको हो ।

उता मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतदान अधिकृत चेतराज फुलाराको बिषयमा केन्द्रिय निर्वाचन आयोगमा उजुरी परेको भएपनि अहिले सम्म यसो गर्नु भन्ने कुनै परिपत्र नआएको र बिभिन्न पत्रपत्रिका र एफएम रेडियोहरुमा समाचार आएपछि उहाँले आफैले स्वखुसि राजीनामा पेस गरेको बताउनु भयो ।

मतदान अधिकृत चेतराज फुलारा खटिएको भवानीस्थान माबी ‘क’ मतदान केन्द्रमा निमित्त महिला बिकास अधिकृत शविना श्रेष्ठलाई खटाईएको मुख्य निर्वाचन अधिकृत पनेरुले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘फुलारा जी को बिषयमा बिबाद भएपछि उहाँले राजीनामा दिनु भयो,निर्वाचनको जगेडामा रहनु भएकी निमित्त महिला बिकास अधिकृत सविना जी लाई उक्त केन्द्रको मतदान अधिकृत तोकेर पठाएका छौ ।’