भिडियोमा कौरा गीत

0
Shares

गायक प्रेम गुरुङ बीपीको गाउँघर–३ नामक अडियो गीति एल्बममा रहेको कौरा गीत बोलाउँ कि झैं लाग्यो बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्भाना टिभी नेपालले शुक्रबार युट्युबमार्फत यसको म्युजिक भिडियो सार्वजनिक गरेको हो।

गीतमा प्रेम गुरुङ (बीपी) को साथमा गीता पाइजा पुनको स्वर रहेको छ। रामकुमार गुरुङको शब्द, संगीतमा तयार भएको गीतमा एरेन्ज पनि उनकै रहेको छ। तनहुँको पुलीमगर गाउँको सुन्दर तथा ऐतिहासिक स्थानमा छायांकन गरिएको गीतको भिडियोमा सुजन गुरुङ, आनन गुरुङ र केसु गुरुङको साथमा सीमा गुरुङको अभिनय रहेको छ। पर्सन गुरुङको निर्देशन रहेको भिडियोलाई भेषबहादुर गुरुङले खिचेको हुन् भने सम्पादन विष्णु तिमल्सिनाको रहेको छ। निर्भाना कला केन्द्रले उत्पादन तथा वितरण गरेको एल्बमको पोस्ट प्रोडक्सन भने निर्भाना टिभी नेपालले गरेको छ।

मुसु मुसु हाँसेर मनै मेरो खानेलाई, बोलाउँ कि झैं लाग्यो एउटी नानीलाई गीतमा गायक प्रेम गुरुङको भाका फर्काउँदै गीता पाइजा पुन गाउँछिन् एकै वचन बोलौं भने कोइले आँखा तर्छ कि, पछि मलाई हजुर गाह्रो पर्छ कि?