घरदैलोमा मोहोनबिक्रम सिहँ

0
Shares

सलिम अन्सारी, प्यूठान । राष्टिय राजनितीमा खुम्चदो भूमीकाले उनलाइ निरुत्साहित गरेन। न त बुढेशकाल र कमजोर शरिरले नै उनलाइ थकित बनायो। करिव ६ दशक लामो सँघर्षात्मक बामपँथी राजनिती पश्चात अझै सक्रिय छन मोहोन बिक्रम सिहँ। ८२ बसन्त पार गरिसके,उमेर ढल्कियो तर इच्छाशक्ति र तेज घटेन।८३ बर्षको बुढौलीमा पनि ठूलो जोश र जाँगरका साथ चुनावमा खटिरहेका छन उनि। सिहँ कम्यूनिष्ट कार्यकर्तालाइ भेला गर्दै प्रशिक्षण मार्फत बाम गठबन्धनलाइ मतदान गर्न आग्रह गर्दै जिल्ला र्दौदाहमा छन। उनि गाउँ गाउँमा पुगेर अगुवा बाम कार्यकर्तालाइ भेटदै चुनाव जित्ने रणनितीमा परिचालित गरिरहेका छन। २०१५ सालको सँसदिय निर्वाचनमा प्यूठानकै ८५ नम्वर क्षेत्रबाट कम्युनिष्ट पार्टिबाट सँसद उठेका सिहँ बामगठबन्धनलाइ जिताउन गृहजिल्लामा छन।बामगठबन्धनको तर्फबाट प्रतिनिधीसभामा दुर्गा पौडेल साझा उम्मेद्धवार छिन। राष्टिय जनमोर्चा की केन्द्रिय उपाअध्यक्ष पौडेल सिहाकी धर्मपत्नी समेत हुन। प्रदेशसभा क मा एमालेका हरिप्रसाद रिजाल र प्रदेशसभा ख मा माओबादि केन्द्रका कृष्णध्वज खडका गठबन्धनका साझा उम्मेद्धवार छन। यस अघिको चुनावमा पनि उनि भुमिगत रुपमा राजमोको चुनावी प्रचारमा सामेल हुन्थे यसपाली खुलेरै मत माग्दै हिडेका छन। उनि पहिलोपल्ट साँसदिय चुनावको प्रचारमा लागेका हुन। चुनाव नजिकीदै गर्दा उनले जिल्लाका बिभिन्न स्थानमा प्रशिक्षण दिएका छन। जिल्लाको ठूलावेसी,चुजाँ,बहाने,बिजुवार,खलगाँ बरौला चकचके लगायतका ठाउँमा पुगेर उनले बाम मतदातालाइ एकैथलोमा राखेर प्रशिक्षण दिए। कम्युनिष्ट आन्दोलनको दौरानमा अहिले जस्तो उत्साह आफूमा कहिलै नआएको उनले सुनाए। सवैलाइ एकैठाउँमा भेला गरेर प्रशिक्षण दिन पाउँदा खुसी लागेको छ। उनले भने। मुलुक सँघियतामा गइसक्दा पनि एकात्मक शासन प्रणाली चाहिन्छ भन्दै आन्दोलित राजमो सँधियता पक्षधर दलसँगै एकसाथ चुनावी प्रचारमा छ। प्रादेशिक सँरचनाको बिरोधीदल भएपनि राजमो यहाँ प्रतिनिधीसभाका लागि मात्र प्रतिस्पर्धामा छ। नितीगत रुपमै हाम िलचिलो भएका छौ, नेकपा मसालका महामन्त्री समेत रहेका सिहले भने चुनाव लगत्तै कम्यूनिष्ट एक हुन्छौ। एकताका बिषयमा बाम गठबन्धनका शिर्षतहका नेतासँग छलफलमै छौ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसगँ कुराकानी भैरहेको उनले खुलासा गरे।
सँवत २०१० साल देखि कम्यूनिष्ट आन्दोलनमा सक्रिय सिह सो आन्दोलनका चर्चित राजनितिज्ञ हुन। त्यसमा पनि ३० को दशक तीर मोहोनबिक्रम सिहँलाइ नेपालका माओत्सेतुगँ र निर्मल लामालाइ चाओका रुपमा चर्चा गरिन्थ्यो। त्यसबेला सिहँ र लामाले नेतृत्व गरेको चौथो महाधिवेशन नेपालमा नेकपा मालेभन्दा ससक्त थियो। त्यसका महामन्त्री थिए मोहोनबिक्रम सिहँ। हो उनिसँग भेटने मान्छे ठूलै हुन्थयो उ बेला। अहिले उनि बृद्ध भए प्यूठानका सँस्थापक कम्युनिष्ट नेता गाउँ पुग्दा एउटै कम्युनिष्ट पार्टि भए जस्तो अनुभव जनताले गरेका छन। कम्युनिष्ट पार्टीैलाइ चुनावी पार्टी बनाउन हुदैन भन्ने मान्यता राख्दै आएका सिहँले बामगठबन्धन बनेपछि सवै कम्युनिष्ट समर्थकलाइ पहिलोपटक प्रशिक्षण दिने अवसर पाएका हुन। झिमरुक गाउँपालिका ५ ओखरकोटका बासिन्दा रहेका सिहँ २०२९ सालबाट भूमीगत राजनितीमा छन। पन्चायतकालमा ९ बर्ष कारावासपछि २०२७ सालमा छुटेका सिहँले एक बर्ष खुला राजनिती गरेका थिए। लामो राजनितिक कालखण्डमा अर्धभूमीगत भएर हिडेका सिहँ जीवनको उत्तरार्धमा भने प्रदेश तथा प्रतिनिधीसभा चुनाबको प्रचारप्रसारका लागि गृहजिल्लामै खटिएका छन।