विद्यालयको चारकोठे भवन निर्माण

0
Shares

 

पोखरा ।  पोखरा लेखनाथ महानगरपालिका–३२ खुदीखोलाको किनारमा रहेको आराधना सीता आधारभूत विद्यालयको चारकोठे पक्की भवन निर्माण भएको छ ।

लायन्स क्लब अफ पोखरा कैैलाश चौतारीको करिब रु १० लाख ५० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । क्लबले विद्यालयको भवनसँगै फर्निचरको पनि व्यवस्था गरिदिएको छ । कच्ची र टिनको छाना भएको जीर्णावस्थाको भवनवाट बर्खायाममा पानी चुहिनाले क्लबले गत असारमा विद्यालय भवनको निर्माण शुरु गरी शुक्रबार विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ ।

लायन्स क्लब ३२५ बी १ नेपालका गभर्नर धनराज आचार्यले नवनिर्मित भवनको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा लायन्स क्लबले सहयोग गर्दै आएको बताउनुभयो ।