फिफा विश्वकपको ड्र सार्वजनिक


मस्को, (एजेन्सी)    ।
सन् २०१८ को रसियामा आयोजना हुने फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ।
सन् २०१८ को जुन–जुलाई महिनामा हुने विश्वकप फुटबलको मस्कोस्थित क्रेमलिन प्यालेसमा शुक्रबार राति एक कार्यक्रमकाबीच ड्र सार्वजनिक गरिएको हो। छनोट भएका ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको हो।
ड्र समारोहमा फिफा अध्यक्ष जेरेमी इन्फान्टिन्हो, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, विश्व फुटबलका हस्तीहरू पेले, म्याराडोना, रोनाल्डो, रोनाल्डिन्होलगायतको उपस्थिति रहेको थियो।
विश्वकप खेल जुन १४ देखि जुलाई ३१ सम्म रसियाको विभिन्न ११ शहरको १२ वटा स्टेडियममा हुनेछ। प्रतियोगिताको २१औं संस्करणको सो ड्रमा वर्तमान युरोपियन पोर्चुगल र पूर्व विश्वविजेता स्पेन एउटै समूहमा परेका छन्। उद्घाटन खेल जुन १४ मा आयोजक रसिया र साउदी अरेबियाबीच हुनेछ।

सार्वजनिक गरिएको ड्रअनुसारको समूह र राष्ट्र यसप्रकार रहेको छ।  

समूह ए ः रसिया, उरुग्वे, इजिप्ट, साउदी अरेबिया
समूह बी ः पोर्चुगल, स्पेन, इरान, मोरोक्को
समूह सी ः फ्रान्स, पेरु, डेनमार्क, अष्ट्रेलिया
समूह डी ः अर्जेन्टिना, क्रोएसिया, आइसल्यान्ड, नाइजेरिया
समूह ई ः ब्राजिल, स्वीजरल्याण्ड, कोस्टारिका, सर्बिया
समूह एफ ः जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया
समूह जी ः बेल्जियम, इंगल्यान्ड, ट्युनिसिया, पानामा
समूह एच ः पोल्यान्ड, कोलम्बिया, सेनेगल, जापान