देउवा चोकनजिकै अर्को विस्फोट


काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरी शुक्रबार बेलुकी बूढानीलकण्ठस्थित देउवा चोकनजिकै बम विस्फोट भएको छ। देउवा बस्दै आउनुभएको स्थानलाई लक्षित गरी विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बूढानीलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक शेरबहादुर चन्दले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। स्थानीयले विस्फोट भएको भन्ने जानकारी गराए पनि के भन्ने नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।