गुल्मीमा कांग्रेस नेता चन्द्र भण्डारीको कर्तुत

0
Shares

गुल्मी । सरकारले विपन्न वर्गका लागि घर बनाउन दिएको रकम काँग्रेस कार्यकर्ताले दुरुपयोग गरेका छन् । सरकारको जनता आवास कार्यक्रम अन्तर्गत बलिथुमको माझीगाउँ र बम्घाको बोटेगाउँमा आएको लाखौं रकम उनीहरुले दुरुपयोग गरेका हुन् ।
सिमान्तीकृत बोटेमाझीको घर निर्माणका लागि सरकारले दिएको ११ करोड ७० लाखको उक्त कार्यक्रमलाई चन्द्र भण्डारीले व्यक्तिगत उपहार भन्दै टेण्डर सार्वजनिक नगरी गुपचुप रुपमा काँग्रेस कार्यकर्तालाई ठेक्का दिइएको छ । तर अति विपन्नहरुको घर निर्माण नगरी काँग्रेस कार्यकर्ताको मात्र घर निर्माण प्रक्रिया शुरु गरिएको र निर्माणको क्रममा पनि रकम दुरुपयोग भएको स्थानीयले आरोप लगाएका छन् ।
‘चन्द्र भण्डारीका आफ्नै मान्छे हुँ भन्दै केयरसिंहले आफ्ना नछुट्टिएका चार भाइलाई एक–एक वटा घर बनाउने तर यहाँ बिहान साँझ खान नसक्नेले घर पाएका छैनन्’, स्थानीय करबिर माझीले भने– ‘विपन्नले नपाउने, नेताका मान्छेले पाउने के हो ?’
यसरी खुल्यो पोल
दशैंभन्दा अघि नै कांग्रेस नेता चन्द्र भण्डारी उक्त टोलमा पुगेर पिपलको बोटमुनि सबैलाई जम्मा गरे । माछामासु के खाने हो दशैंमा भनेर सोधे । चुनावको मुखैमा आउँदा नेता भण्डारीको विपन्न परिवारप्रतिको सहानुभूतिप्रति पारी मजुवामा रहेका एमाले नेता चेतन बस्नेत लगायतले आलोचना र खोज शुरु गरे । खोजी गर्दै जाँदा सञ्चारमाध्यममा मैले मेरै तलवबाट उनीहरुका छोराछोरी पढाएँ, दशैं खर्च ५० हजार दिएँ भनेर भनिएको कुरा झुटा सावित भएको पत्ता लगाए । उक्त रकम घर बनाउने रकमबाट कट्टी गर्नेगरी खर्च गरेको खुल्न आएको बस्नेतले बताए ।
बुधबार बिहान बाम गठबन्धनको चुनावी घरदैलो कार्यक्रममा स्थानीय करबिरले गुनासो गरे–‘जसलाई भोट दिएपनि त्यस्तै हो, किन भोट दिने, विपन्नका लागि आएका घर ठूलाबडाले बनाए, हामीजस्ता उपाय नभएकाले हेरेर बस्ने रु’
काम पनि आफैं, पैसा पनि माग्न थाले
चुनाव प्रचार टोलीले त्यसको खोजी ग¥यो । बुझ्दै जाँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नै छोरा जस्तै गरेर माया गर्ने कार्यकर्ता केयरसिंह माझी र उनका भाइ होमबहादुर माझीले मनपरी गरेको खुल्यो । चन्द्र भण्डारीले दिएको उपहार भन्दै केयरसिंह र होम बहादुरले गाउँलेलाई धम्क्याउँदै मनपरी घर बनाउने परिवारको प्राथमिकीकरण गरेको बताए । ‘दशैंमा आएर चन्द्र भण्डारीले टिका लगाई एक एक सय रुपैयाँ दिएर मेरो उपहार तपाईंहरुलाई घर भनेपछि हामी पनि केही बोलेनौं, उतिखेर उपहार भनेर मख्खै थियौं, अहिले ढुंगा बोक्ने आफंै, मिस्कट बोक्ने आफैं, दार (काठ)दिने आफैं, घडेरी खार्ने आफैं’, स्थानीय आईती माझीले भनिन् ‘अहिले त २५ हजार पनि दिनुपर्छ भनेर भित्रभित्रै भनेका छन्, कहाँबाट दिने हो ?’
ठेकेदारका मान्छेलाई अनिवार्य मासु र रक्सी
घर बनाउन शुरु गरेका झण्डै एक दर्जन परिवारले घडेरी खन्न शुरु गरेदेखि नै सिकाउन भनेर आउने ठेकेदारका मान्छेलाई मासु र रक्सी अनिवार्य दिनुपरेको गुनासो गरे । ‘घर भत्काएर पालमा बसेका छौं, आफूले बिहान बेलुकाको गुजारा त कसरी धानम भन्ने छ, उनीहरुलाई मासु र रक्सी रे’, स्थानीय सुरमायाले भनिन् –‘हाम्रा त छोरा बम्बईमा छन, अलिअलि सकम्ला, पोल्तिर गएर हेर्नुस् त उनले कहाँबाट रक्सीमासु ख्वाउने रु’
मंसिरको चिसोमा खुल्ला आकासमुनि
घर निर्माणका लागि भनेर तिहार लगत्तै भएका घरहरु भत्काउन शुरु गरिएको भएपनि अहिलेसम्म जग पुर्ने मात्र काम भएको छ । घर बनाउन शुरु गरेका सबै माझीहरु त्रिपालमुनी बसेका छन् । ‘यी यही छाप्रोमा बसेका छांै, घर बन्ने कहिले हो टुंगो छैन’ जग हालेको घरको बाहिर खाना पकाउँदै गरेका छत्रे माझीले भने ‘भएको घर पनि भत्काइयो, छाप्रोमा सुतेर जाडाँ कठ्यांग्रिएका छौं ।’
विद्यालय छाडेर भागे नाइके
भाइ होम बहादुरका नाममा पेटी ठेकेदारको जिम्मा लिएका नाइके केयरसिंह माझी पत्रकारले सोधखोज गर्दा भागेका छन् । माझी प्राविका शिक्षक रहेका केयरसिंह विद्यालयमा समेत मौखिक जानकारीमात्र गराई चुनाव प्रचारमा हिंडेको एमाले कार्यकर्ताले आरोप लगाएका छन् । ‘मैले बाटोमा भेट्दा किसिकोट जान्छु भनेर मोटरसाइकलमा गए, विद्यालयमा जानकारी नै रहेनछ’ एमाले नेता चेतन बस्नेतले भने ‘स्कूल छाडेर चुनाव प्रचारमा हिँड्ने के काइदा हो ?’
उनी भाउजूलाई उपचार गर्न भन्दै विद्यालयमा मौखिक जानकारी दिएर गएको विद्यालयकी प्रधानाध्यापक जुना गौतमले बताइन् । चुनाव शुरु भएपछि उनी विद्यालय आउनै छाडेको शिक्षकहरुको भनाइ रहेपनि प्रधानाध्यापक गौतमले त्यसो नभएको बताइन् ।