रेग्मीलाई मानार्थ विद्यावारिधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया स्थित इन्टरनेशनल अमेरिकन विश्वविद्यालयले व्यवस्थापन प्रशासन विषयको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
सामाजिक क्षेत्रको सुधार र व्यवस्थापनमा उदाहरणीय भूमिका निर्वाह गरी नेपाली समाजलाई योगदान गरेको उल्लेख गर्दै अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस शहरमा २६ नोभेम्बरकम समे विश्वविद्यालयले आयोजना गरेको विशेष समारोहमा रेग्मीलाई उक्त उपाधि प्रदान गर्रिको हो ।
विश्वमा मानवता, नैतिकता र सदाचारको प्रवद्र्धन र संवद्र्धन गर्ने उद्देश्यका साथ शैक्षिक सेवा प्रवाह गर्दै आएको इन्टरनेशनल अमेरिकन विश्वविद्यालको व्यवस्थापन संकायको सिफारिसमो मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले नेपाली समाजमा गरेको विशिष्ट योगदान र सेवाको कदर गर्दै उक्त उपाधि प्रदान गरेको उक्त विश्वविद्यालयले जनाएको छ ।
मानार्थ विद्यावारिधिको उपाधि ग्रहण गर्न मन्त्रीपरिषदका पुर्व अध्यक्ष रेग्मी एकसाता अघिनै अमेरिका प्रस्थान गर्नुुभएको थियो । उपाधि वितरण समारोहमा सम्बोधन गर्दै रेग्मीले आफूलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएकोमा प्रसन्नता व्यक्त गर्नुका साथै मानवताको प्रवद्र्धनमा इन्टरनेशनल अमेरिकन विश्वविद्यालयल ले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुुभएको थियो ।
साथै, उहाँल ेविश्वमा नैतिकता, सदाचार र मानवतावादको दर्शनको महत्व सँधै रहने र असल शिक्षाबाट नै समाजको् रुपान्तरण गर्न विश्वका विकसित देशहरु सफल भएकाले शिक्षामा लगानी गर्न विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुुभएको थियो । सम्बोधनकै क्रममा पूर्वअध्यक्ष रेग्मीले समाजबाट आफूले के प्राप्त गर्न सकिन्छ भन्ने भन्दापनि आफूले समाजलाई के योगदान गर्न सकिन्छ भन्ने मान्यताबाट अग्रसर हुन सकेमा नै आफ्नो र समाजको पनि भलो हुन्छ भन्दै विश्वमा मानवीय सेवाको विस्तारको कार्यलाई विशेषरुपमा प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिनुुभयो । साथै, उहाँले नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचन गराउन गठित सरकारको नेतृत्व गर्दाको चुनौतीपूर्ण घडीमा आफूले गरेको कार्यको अनुुभव समेत सम्बोधनका क्रममा सुनाउनुभएको थियो ।
मानार्थ विद्यावारिधि वितरण समारोह तथा अन्य कार्यक्रममा सहभागी भई मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी हिजो बिहीबार स्वदेश फर्कनु भएको थियो ।