मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम

0
Shares

सरिता चलाउने, सल्यान । सल्यानमा मसिंर २१ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्बाचनको लागी खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आज बाट तालिम सञ्चालन गरिएको छ । निर्बाचनमा खटिएर गैसके पछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने बिषयमा तालिम दिईएको मुख्य निर्बाचन अधिकृतको कार्यलय सल्यानले जनाएको छ ।
दुई दिन सम्म सञ्चालन हुने तालिममा मतदान केन्द्रको निर्माण, मतपेटिकाहरु राख्ने ठाउँ, रुजु गर्ने लगायत मतदान कार्यलाई ब्यवस्थित गर्ने तरिकाको बारेमा सिकाईने छ । जिल्लामा १ सय ८० मतदान स्थलको १ सय ११ मतदान केन्द्रमा खटिने ३ सय ६० जना मतदान अधिकृत र सहायक मतदान अधिकृत लाई तालिम दिइएको मुख्य निर्बाचन अधिकृत मदन बहादुर धामिले बताउनु भयो । उहाँका अनुसार आज र भोली हुने तालिममा अध्यापन बिधि र नमुना मतदान केन्द्र निमार्ण गराएर ब्यवहारिक ज्ञान बाट सिकाईने छ । दोस्रो चरणमा हुने चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम गोलाप्रथाबाट छनौट गरेको थियो । १८ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा खटाई सकिने मुख्य निर्बाचन अधिकत धामीले जानकारी दिनु भयो ।
३ नगरपालिका र ७ गाउँपालिका सहित १० स्थानीय तह रहेको सल्यानमा १ लाख ३४ हजार १ सय ३४ मतदाताले यसपटक १ प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य निर्वाचित गराउने छन् ।