बाइस गिरफ्तार


कोलम्बो, (एजेन्सी)
श्रीलंकाली प्रहरीले डुंगाबाट अवैध ढंगले अस्ट्रेलिया छिर्ने प्रयासमा रहेका २२ जनालाई पक्राउ गरिएको जानकारी सोमबार दिएको छ। प्रहरी प्रवक्ता रुवान गुनासेकाराले राजधानी कोलम्बोदेखि करिब १ सय २० किमि उत्तरमा पर्ने तटीय शहर पुत्तालाममा आइतबार तिनीहरुलाई गिरफ्तार गरिएको जानकारी सञ्चारमाध्यमलाई दिएको छ। तिनीहरुलाई हिजो नै अदालतमा पेस गरिरएको छ। श्रीलंका र अस्ट्रेलियाली सरकारले अवैध मानव ओसारपसार रोक्नका लागि आपसी सहयोगलाई प्रभावकारिता दिन थालेका छन्। सन् २०१३ यता कुनै पनि श्रीलंकाली यसरी अस्ट्रेलिया पुग्न सकेको छैन।