क्षेप्यास्त्रको क्षमता बढाउने


तेहरान, (एजेन्सी)
इरानले आफ्नो क्षेप्यास्त्रलाई परिमार्जन गर्ने र त्यसको विस्तारमा युरोपेली शहरहरू आउने जनाएको छ। रिभोलुसनरी गार्डका उपप्रमुखले यदि युरोपका तर्फबाट तेहरानलाई धम्की आउँछ भने क्षेप्यास्त्रको मारक क्षमता २ हजार किलोमिटरभन्दा बढाइने जानकारी दिए। इरानले क्षेप्यास्त्रको सीमा २ हजार किलोमिटरको रेन्जभन्दा कम राख्नुको अर्थ प्राविधिक रूपमा कमजोरी नभएर रणनीतिक कारण भएको ब्रिगेडियर जनरल हुसैन सलामीले फार्स समाचार एजेन्सीलाई बताए। अहिलेसम्म युरोप इरानका लागि खतरा नबनेको तर युरोप खतराका रूपमा परिणत भएमा क्षेप्यास्त्रको रेन्ज बढाउने उनले बताए।