मन्त्रीद्वारा राजीनामा


इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका कानुन मन्त्री जाहिद हमिदले सोमबार राजीनामा दिएको सञ्चारमाध्यमले जनाएको छ। इस्लामको अपहेलना गरेको आरोप लगाउँदै कट्टरपन्थी इस्लामिक प्रदर्शनकारीले उनको राजीनामाको माग गर्दै थुप्रै सातादेखि राजधानी इस्लामावादलाई ठप्प पार्दै आएका थिए। राष्ट्रलाई वर्तमान समस्याबाट मुक्त गराउने उद्देश्यले हमिदले प्रधानमन्त्री साहिद खाकान अब्बासीसमक्ष राजीनामा पत्र पेस गरेका हुन्। सरकारी पक्षले यस सम्बन्धमा तत्कालै कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। तर कुनै पनि स्रोतलाई उल्लेख नगरी पाकिस्तानी सरकारी टेलिभिजन स्टेसन पीटीभीले राजीनामाको खबर पुष्टि गरेको छ।