राजमार्ग बन्द


बेइजिङ, (एजेन्सी)
चीनले उत्तर कोरियासँग जोड्ने उसको प्रमुख राजमार्ग अस्थायी बन्द गरेको एक अधिकारीले जानकारी दिएका छन्। चिनियाँ शहर दाङदोङस्थित यालु नदीमाथि बनेको उक्त चीन–उत्तर कोरियामैत्री पुल उत्तर कोरियाले उत्तरतर्फको सडक मर्मत गर्ने भएकाले बन्द गरिएको विदेश मन्त्रालयका प्रवक्ता गेंग सुआङले बताए। मर्मत पूरा भएपछि उक्त पुल पुनः खुला हुने बताए पनि त्यसको तिथिका विषयमा भने खुलासा गरेको छैन। मंगलबार मात्रै चीनको सरकारी एयर चाइनाले माग कम भएको जनाउँदै बेइजिङ र उत्तर कोरियाबीचको उडान स्थगित गरेको थियो। यसले राष्ट्र संघको नाकाबन्दी कडा बन्दै गइरहँदा उत्तर कोरियालाई अझ एक्ल्याइएको छ।