कारखानामा विस्फोट


बेइजिङ, (एजेन्सी)
चीनको बन्दरगाह शहर संघाईमा आइतबार भएको बम विस्फोटमा दुईजना व्यक्तिको ज्यान जानुका साथै कम्तिमा अन्य ३० जना घाइते भएको प्रहरीले जनाएको छ। शक्तिशाली विस्फोटका कारण भवन ढलेको भग्नावशेषका कारण उक्त संख्यामा मानिस घाइते हुनाको साथै सडकका थुप्रै कार क्षतिग्रस्त भएको सरकारी सञ्चार माध्यमले जनाएका छन्। हिजो बिहान सबेरै चीनको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक निन्गबोमा भएको सिन्ह्वा समाचार निकायले जनाएको छ। एउटा कारखानामा अचानक भएको यस बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।