अमेरिकालाई चुनौती


तेहरान, (एजेन्सी)
इरानी युद्धपोत विश्व चहार्दै अमेरिका र मेक्सिकोबीचको अर्को खाडी यात्राका लागि पर्सियन खाडीबाट निस्कने तयारीमा रहेको जनाइएको छ। अमेरिकाको बढ्दो चेतावनीको सामना गरिरहेको इरानले सेनाको आधुनिकीकरण र विस्तारमा जोड दिइरहेको छ। हालै मात्र नियुक्ती पाएका नौसैनिक कमान्डर रिर एडमिरल हुसैन खान्जादीले आफ्नो पहिलो पत्रकार सम्मेलनमा इरानी जहाजहरूको एउटा समूह आन्ध्रमहासागर र मेक्सिकोको खाडी भएर दक्षिण अमेरिकी देशहरूको भ्रमणका लागि चाँडै नै प्रस्थान गर्ने जानकारी दिएको तास्निम न्युज एजेन्सीले जनाएको छ।