यादवप्रसाद पन्त पत्रकारिता पुरस्कार पी खरेललाई

0
Shares

काठमाडौं, (नेस)
यस वर्षको डा. यादवप्रसाद पन्त पत्रकारिता पुरस्कार प्रोफेसर पी खेरललाई प्रदान गरिएको छ। डा. यादवप्रसाद पन्त रिसर्च एन्ड डेभलपमेन्ट फाउन्डेसनले पत्रकारिता तथा सो क्षेत्रको अध्यापनमा ४ दशकभन्दा बढी समय बिताउनुभएका खरेललाई सम्मान स्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो।

द राइजिङ नेपाल र सन्डे डिस्प्याच पत्रिकाका पूर्वसम्पादक खरेलले विभिन्न पत्रपत्रिकामा ३ हजारभन्दा बढी स्तम्भ, डेढ दर्जनभन्दा बढी किताब लेखिसक्नुभएको छ। खरेलले यसअघि सन् १९९९ मा भूषण पत्रकारिता पुरस्कार र २०१६ मा मदन भण्डारी पत्रकारिता पुरस्कार पाइसक्नुभएको छ। उहाँले यस वर्ष मात्रै गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार पनि पाउनुभएको थियो।

डा. यादवप्रसाद पन्तको नामबाट रहेको उक्त पुरस्कारको राशी २५ हजार एक रुपियाँ रहेको छ। पन्त पूर्वअर्थमन्त्री, नेपाल राष्ट्र बैंकको गभर्नर, अर्थ तथा राष्ट्रिय योजना आयोगका सदस्यको रूपमा रही काम गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसाल र पूर्वमन्त्री महेश आचार्यलाई पनि सम्मान गरिएको थियो। त्यसैगरी महिला सशक्तीकरण संस्था सिरहाकी अध्यक्ष तुलसा पौडेललाई पनि नगदसहित सम्मान गरिएको छ।