नेपाल समाचारपत्र
काठमाडौं
राजधानीमा जारी कोकाकोला कप अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबार समाप्त हुँदै छ। आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा ब्वाइज र गल्र्सतर्फ फाइनल खेलहरू हुनेछन्। ब्वाइजतर्फ उपाधि भिडन्तमा काठमाडौंको बाल सृजनालय स्कुलले सर्लाहीको एभरेस्ट सेकेन्डरी एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।
यसैगरी गल्र्सतर्फ स्याङ्जाको भुम्रे सेकेन्डरी स्कुलले रौटहतको श्री दुर्गा सेकेन्डरी स्कुलसँग उपाधिका लागि खेल्नेछ। बुधबार भएको सेमिफाइनल खेलमा भुम्रे सेकेन्डरीले सिन्धुपाल्चोकको सेती देवी शारदा सेकेन्डरी स्कुललाई २–० गोलअन्तरले हरायो। अर्को सेमिफाइनल खेलमा श्री दुर्गा सेकेन्डरीले कैलालीको श्री शंकर सरस्वती स्कुललाई १–० गोलअन्तरले हराएको थियो। पराजित टोलीले आजै तेस्रो स्थानका लागि खेल्नेछन्।











प्रतिक्रिया