विवाहपञ्चमीमा बेहुली झै सजाइयो जानकी मन्दिर

0
Shares

जनकपुरधाम, (नेस)
त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाहपञ्चमी महोत्सव लागि जानकी मन्दिरलाई बेहुलीझैं सजाइएको छ।

जनकपुरमा प्रत्येक वर्षझै यस वर्ष पनि भव्य रूपमा वैवाहिक कार्यक्रमहरूको आयोजना गरी रामजानकी विवाह महोत्सव मनाइँंदै छ।

विवाहपञ्चमी हरेक वर्ष मंसिर शुक्लपञ्चमी तिथिमा मनाउने गरिन्छ। महोत्सवअन्तर्गत जनकपुरको राममन्दिरबाट भगवान रामको रथसहितको जन्ती र जानकी मन्दिरबाट सीताको रथ बाह्रविघा मैदानमा लगरे स्वयम्बर गरिन्छ। त्यसपछि दुवै रथलाई जानकी मन्दिर पुर्याइ बेलुकी वैदिक परम्पराअनुसार रामजानकीको विवाह गरी विवाह महोत्सव सम्पन्न गर्ने चलन छ। विवाहपञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर सम्पन्न भएको छ।