काठमाडौं ।
युएईविरुद्धको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि दोस्रो चरणमा २० खेलाडी छनोट भएका छन् । सातौँ चरणको खेलको लागि तीन सदस्यीय छनोट समितिले दोस्रो चरणमा २० खेलाडीको छनोट गरेको हो ।
छनोट चरण नोभेम्वर १६ देखि २० तारिखसम्म कीर्तिपुर क्रिकेट मैदानमा भएको थियो । मेहबुुब आलम र सौरभ खनाल चोटका कारण छनोटबाट बाहिरिएका छन् ।
केही दिनपछि नै १४ सदस्यीय टोली र ४ वैकल्पिक खेलाडी छनोट गरिने पनि छनोट समितिले जनाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल डिभिजन दुई मा घटुवा भइसकेको छ ।
नेपाली टोली:
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. बसन्त रेग्मी
४. अनिल कुमार शाह
५. विनोद भण्डारी
६. दिलीपनाथ
७. दिपेन्द्रसिंह ऐरी
८. हासिम अन्सारी
९. जितेन्द्र कुमार मुखिया
१०. करन केसी
११. कुशल भुर्तेल
१२. ललित भण्डारी
१३. मोहमद आरिफ शेख
१४. सागर पुन
१५. सन्दिप लामिछाने
१६. शक्ति प्रसाद गौचन
१७. शरद भेषवाकर
१८. सिद्धान्त लोहनी
१९. सोमपाल कामी
२०. सुशिल कंडेल
प्रतिक्रिया