आईएस समाप्त


 

 

बेरुत, (एजेन्सी)
इरानी राष्ट्रपति हसन रुहानीले इस्लामिक स्टेटको अन्त्य भएको घोषणा गरेका छन्। यसबीच एक जना सैन्य कमान्डरले सिरिया र इराकमा उक्त सैन्य समूहलाई परास्त गर्न इरानले थालेको कारबाहीमा मारिएका हजारौं शहीदलाई धन्यवाद दिएका थिए। रुहानीले ईश्वरको मार्गनिर्देशन र त्यस क्षेत्रका जनताको सशक्त प्रतिरोधबाट सैतानलाई उनीहरूको दिमागबाट मुक्त गरेको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित सम्बोधनमा बताए। निश्चितरुपमा अप्ठ्याराको अन्त्य जारी रहने तर यसको जग र जरा नष्ट भइसकेको रुहानीले बताए। इरानी वरिष्ठ कमान्डरले इस्लामिक स्टेट परास्त भएको सन्देश इरानको सर्वोच्च नेतालाई पठाएका थिए।