युद्ध रोक्न आग्रह

0
Shares

 

 

मस्को, (एजेन्सी)
रसियाको भ्रमणमा आएका सिरियाका राष्ट्रपति बसार अल– असादलाई उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले सिरियाली युद्धको राजनीतिक समाधान खोज्न पुनः एकचोटी आह्वान गरेका छन्। पुटिनले असादलाई सैनिक अभियान समाप्त हुन लागेको तर त्यसका लागि केही समय लाग्ने पनि बताएका छन्। दुई वर्ष लामो रुसी हवाई अभियानले सन् २०११ देखि शुरू भएको गृहयुद्धमा असादको हात माथि परेको छ। असादका समर्थक रसिया र इरानलगायत लडाकू समर्थक टर्कीबीचको वार्ताअघि यी दुई नेताबीच छलफल भएको हो।