बम राखिएको हल्लापछि सर्वोच्च अदालतमा भागदौड



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम राखिएको सुचना आएपछि भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले पनि आफ्नो मोबाइलमा बम राखिएको एसएमएस आएको बताए। एसएमएस आएपछि सबैलाई जानकारी दिइयो । श्रीमान् देखि कर्मचारी सेवाग्राही सबैको भागदौड चलेको छ ।

प्रतिक्रिया दिनुहोस्