निर्देशकलँई सलमानको नो

0
Shares

बलिउड नायक सलमान खानले आजसम्म पर्दामा कुनै पनि हिरोइनसँग लिप लक गरेका छैनन्। सलमानको भनाइ छ कि उनको फिल्म हेर्न परिवारका बच्चादेखि वृद्धसम्म आउँछन्। त्यस कारण यस प्रकारको सिन देखाएर सलमान उनीहरूलाई लज्जित बनाउन चाहँदैनन्।

सलमान यस्तो फिल्म मन पराउँछन्, जुन फिल्म परिवारको साथ हेर्न सकियोस्। साथै सलमानको भनाइ छ– ‘कसरी म सुटिङ युनिटको अगाडि हिरोइनलाई चुम्बन गर्न सक्छु?’ उनी सहजरूपमा यस प्रकारका दृश्य दिन सक्दैनन्। समाचारमा चर्चा गरिएअनुसार सलमानले त सार्वजनिक स्थानमा आफ्नो प्रेमिकाको हात समात्न पनि मन पराउँदैनन्। त्यसैले पनि उनी यस प्रकारको सिन दिन सक्दैनन्।

बलिउडका सबै निर्देशकलाई थाहा छ कि सलमान नो किसिङ सिनको नियमअनुसार चल्छन् र उनलाई यस प्रकारका कुरा गर्नु भनेको बेकार समयको बर्बाद गर्नु मात्र हो। तर, फिल्म टाइगर जिन्दा हेका निर्देशक अलि अब्बास जफरले यस फिल्ममा भने केही नयाँ गर्ने सोचे। उनले फिल्ममा सलमान र नायिका कट्रिना कैफबीच चुम्बनको दृश्य राख्ने सोचेका थिए। एक बलिउड अनलाइनले जनाएअनुसार केही फिल्मकर्मीले निर्देशक अलि अब्बास जफरलाई सम्झाएका थिए कि सलमानले यस प्रकारका दृश्य गर्न अस्वीकार गर्नेछन् र उनी बिनाकारण सलमानसँग निहुँ खोज्दै छन्।

फिल्म सुल्तानको सफलताले उत्साहित अलीले आफू सलमानलाई मनाउन सफल हुने कुरामा विश्वस्त थिए। तर, त्यसो हुन सकेन। उनले सलमानलाई मनाउन धेरै कोशिस गरे तर सलमानले उनलाई केवल दुई शब्दको जवाफ दिए– नो। समाचारमा जनाइएअनुसार नोको मतलब नो नै हो भन्दै कट्रिनासँग चुम्बन गर्न अस्वीकार गरे।