अत्यधिक मापसेले मजदुरको ज्यान गयो

0
Shares

इलाम, (नेस)
अत्यधिक मादकपदार्थ सेवन (मापसे) सेवन गरेर इलामको माइजोगमाई गाउँपालिका–५ सोयाङस्थित स्यालढुङमा सोमबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका–३, पुवामझुवाका ५५ वर्र्षीय विमल रानामगर रहेका छन्।

इलाम नगरपालिका–सोयाङ–नयाँबजार निर्माणाधीन सडकमा काम गर्दै आएका राना मगरको अत्यधिक मापसे गरेकै कारण मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।
नयाँबजारस्थित प्रहरीका अनुसार आइतबार साँझ उनलाई मदिरा पिएर सडकमा सुतिरहेको देखेपछि स्थानीयले सोही ठाउँकै एक मजदुरको घरमा लगेर सुताएका थिए। तर उनलाई सोमबार बिहानको राति घरका अन्य मजदुरले रानामगरलाई त्यही घरको सिँढीमा मृत फेला पारेपछि प्रहरीमा खबर गरेका थिए।

राना मगरले अत्यधिक मदिरासमेत पिएको तथा साथीहरूसँग झगडासमेत गरेको स्थानीय केही मानिसबाटै सूचना आएकाले राना मगरको मृत्यु मापसेबाटै भएको हो कि अन्य केही कारणले भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको छ।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.