इन्द्र गिरी, संखुवासभा
संखुवासभाको चैनपुरमा अज्ञात समूहले गएराति गाडीमा आगजनी गरेका छन्। गएराति करिब २ बजे को१ज २१२३ नं. को ल्यान्डरोबर गाडीमा गरिएको आगजनीबाट पूर्णरूपमा गाडी जलेर नष्ट भएको छ।
चैनपुर निवासी आशिष शाक्यको गाडी चैनपुरको बसपार्कनजिकै पार्किङमा राखिएको अवस्थामा अज्ञात समूहले मध्यराति जलाएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताउनुभयो। उहाँले आगजनीबारे अनुसन्धान शुरू गरिएको बताउनुभयो।
गाडी आगजनीबारे कुनै समूहले अहिलेसम्म जिम्मा लिएको छैन। उक्त गाडी वाम गठबन्धनका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएका थिए।











प्रतिक्रिया