मोतीराम तिमल्सिना, काभ्रे।
काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेको मेडिकल साइन्सेजतर्फका स्नातकको २३औं दिक्षान्त समारोह विशिष्ट विद्वान, योजनाविद् एवं कुटनीतिज्ञ डा. मोहनमान सैंजूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
दीक्षान्त समारोहमा पास्ट ग्राजुयटतर्फ ९२ छात्र, ८६ छात्रासहित १ सय ७८ विद्यार्थी दीक्षित भएका छन्। त्यस्तै एमबीबीएसतर्फ ३ सय २४ छात्र, २ सय ४८ छात्रासहित ५ सय ७२ विद्यार्थी दीक्षित भएका छन्। जसमा एमबीबीएसतर्फ १ सय ३५ जना विभिन्न देशका विद्यार्थीहरू दीक्षित भएका छन्। त्यस्तै बीडीएसतर्फ ३५ छात्र, १ सय २० छात्रासहित १ सय ५५ जना दीक्षित भए भने बीएस्सी नर्सिङतर्फ छात्रा २ सय ८ जना दीक्षित भए।
त्यसैगरी बीएनएसतर्फ ५९ छात्रा दीक्षित भए। बीपीटीतर्फ ९२ छात्र, ८६ छात्रासहित १ सय ७८ जना दीक्षित भए। सोमबार विभिन्न विधाका ४ सय ५८ छात्र, ७ सय ३३ छात्रा गरी १ हजार १ सय ९१ जना विद्यार्थी दीक्षित भए।
स्नातकहरूलाई प्रमुख अतिथि डा. मोहनमान सैजु, उपकुलपति डा. रामकण्ठ माकजु, सह कुलपति एवं उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, डिन डा. राजेन्द्रप्रसाद कोंजु, रजिस्टार डा. भोला थापाले दीक्षान्त प्रमाणपत्र वितरण गरेका थिए।
दीक्षान्त समारोहमा भाइस चान्सलर स्वर्ण पदकबाट एमबीबीएस कार्यक्रम काठमाडौंमा अध्ययनरत प्रवल केसीले ८०.२६ प्रतिशत प्राप्त गरी पुरस्कृत भएका थिए।











प्रतिक्रिया