विनोद सिंह विष्ट, मंसिर ।
पहिलो चरण अन्तर्गत मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै बैतडीमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा वृद्घि हुन थालेका छन ।
जिल्लाका राजनितिक दलहरुले आचारसंहिता उल्लंघन नगर्ने प्रतिवद्घता जनाएको भएपनि उनीहरुले उल्लंघन गर्दै निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
यहाँका राजनितिक दलहरुले निर्वाचनको प्रचारप्रसार भड्किलो बनाउदै गएका छन् । प्रचारप्रसारका सामग्रीहरु पर्चा,पोष्टर,झण्डा लगायत चुनावी प्रचार सामग्री प्रयोगमा आचारसंहिता उल्लंघन गरेको पाईएको छ । बैतडी सदरमुकाम गोठलापानी बजार, शाहिलेक बजारमा दलहरुका झण्डा तथा पर्चा पम्पलेटले दुलही झै सिंगारिदै गएको छ ।
यस्तै बैतडीको पाटन बजार, सतबाझ, देहिमांडौं, खोडपे बजार , खोचलेक बजार लगायतका क्षेत्रमा पनि झण्डाहरुको माला नै बनाएर प्रचारप्रसार गरेको पाईएको छ ।
विद्यालयलाई शान्ति क्षेत्र गरेको भएपनि बैतडीका केही दलहरुले चुनावी सभा पनि विद्यालयमै गरेका छन् । निर्वाचनमा प्रचारप्रसार गर्न ठुलो साउन्ड सिस्टमको प्रयोग गर्ने, ठुलो आवाजमा नारा लगाउने बालबालिकाको प्रयोग पनि गरेका छन ।
यसका साथै कतिपय ठाँउमा सरकारी पदधारण गरेका व्यक्ती , शिक्षक, कर्मचारी, पत्रकार पनि चुनावी प्रचारप्रसार तथा चुनावी आमसभामा सहभागी भएका देखिन्छन्।
निर्वाचनको आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भएपनि स्थानिय प्रसासन तथा निर्वाचन कार्यालय मौन जस्तै बनेको छ । सम्वन्धित निकाय मौन बस्दा निर्वाचन आचारसंहिताको घटना वृद्घिहुदै गएकोे हो ।
प्रतिनिधि सभाको लागी १ र प्रदेश सभाको लागी २ निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना उम्मेदवार चुनावी प्रतिस्प्रर्धामा रहेका छन् ।











प्रतिक्रिया