युनिटी काण्डका १२ जनालाई अदालतको सफाइ



काठमाडौं, (नेस)
युनिटी काण्डमा मुछिएका केही सञ्चालकलाई उच्च अदालतले ठगी मुद्दामा शुक्रबार सफाइ दिएको छ। उनीहरूलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

ललितपुर जिल्ला अदालतबाट दोषी ठहरिएका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक र संलग्न व्यक्ति गरी १२ जनालाई उच्च अदालतले सफाइ दिएको हो।

२०७० चैत १७ मा जिल्ला अदालतले ठगी काण्डमा दोषी ठहर गर्दै उनीहरूलाई १ करोड ६ लाख जरिवानासहित तीन वर्ष कैद सजाय तोकेको थियो। तीमध्येका ३ जना अहिले पनि कारागारमै छन्। बाँकी ९ जनाले कैद भुक्तान गरिसकेका छन्।

पीडितका लागि युनिटीमा जम्मा गरेको रकमको सावाँब्याज भराइदिने फैसला अदालतले गरेको छ। हाल कम्पनीको सम्पत्ति रोक्का छ। रोक्का सम्पत्तिबाटै प्रमाण पु¥याएर आउने पीडितलाई सावाँब्याज भराइदिने फैसला अदालतले गरेको छ।

प्रतिक्रिया दिनुहोस्