गौचन हत्यामा संलग्न थप दुई पक्राउ



काठमाडौं, (नेस)
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा संलग्न थप दुई जना शुक्रबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा वसन्त थेवे र धनराज योङहाङ छन्। उनीहरूलाई कपनबाट पक्राउ गरिएको गौचन हत्या अनुसन्धान टोलीको नेतृत्व गरेका डीआईजी गणेश केसीले बताउनुभयो।

पक्राउ परेकाको साथबाट दुईवटा पेस्तोल र १० राउन्ड गोलीसमेत बरामद भएको छ। बरामद गरिएको पेस्तोल गौचनको हत्यामा प्रयोग भएको बुझिएको छ।

यसअघि बुधबार प्रहरीले गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई सार्वजनिक गरेको थियो। घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेत भने अझै फरार छन्। मागेजति फिरौती नदिएका कारण गौचनको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न ८ जना अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्