राजनीतिक संकट

0
Shares

 

हरारे, (एजेन्सी)
जिम्वावेका अपदस्थ राष्ट्रपति रोवर्ट मुगाबेको समस्याबारे छलफल गर्न बिहीबार दक्षिण अफ्रिकी सरकारका मन्त्रीहरू राजधानी हरारेमा भेला भएका छन्। अघिल्लो दिन सेनाले मुगाबेलाई नजरबन्दी बनाएको थियो। तिनीहरूले जिम्बाबेमा ३७ वर्ष शासन गर्ने मुगाबेको भविष्यबारे सहमतिमा पुग्ने प्रयास गरिरहेका छन्। दि साउदर्न अफ्रिकन डेभलेपमेन्ट कम्युनिटीको पनि आपतकालीन बैठक बस्ने भएको छ। तर केही सूत्रले मुगाबेले पदबाट राजीनामा नदिने अडान लिइरहेको जनाएका छन्। मुगाबेले आफू अझै वैधानिक राष्ट्रपति रहेको दाबी गरिरहेको केही संचार माध्यमले जनाएका छन्।