चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयको निर्देशन



नेपाल समाचारपत्र, काठमाण्डौ ।

चुनाव विरोधी गतिविधिमा संलग्न हुनेलाई तत्काल कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणको घटना बढ्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई अलमलमा नपरी कारवाही गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि बढाएपछि गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएको हो ।
कुनै उम्मेदवारले आफूलाई असुरक्षा भएको जानकारी गराए तत्काल आवश्यक सुरक्षा प्रदान गरिने पनि मन्त्रालयले दाबी गरेको छ । तर उम्मेदवार र राजनीतिक दलले भने सरकारले सुरक्षा दिन नसकेको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्