७ किलो बढी चरेश सहित ४ जना पक्राउ

0
Shares

विमल विष्ट, डोटी ।
प्रहरीले ७ नम्बर प्रदेशमा ठुलोपरिणाममा लागु औषध चरेस पक्राउ गरेको छ । ७ नम्बर प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार बझाङ्ग जिल्लाको सुर्मा गाउपालीका १ घर भई धनगढी उप महानगरपालीका ४ मा डेरा गरी बस्ने कविराम बोहराको कोठामा लुकाई छिपाई राखेको अवस्थामा ७ किलो ८ सय ग्राम लागु औसध चरेश बरामद गरेको हो ।

प्रहरी निरीक्षक हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त चरेश सहित अन्य चार जनालाई पक्रउ गरेको हो । चरेस संगै पक्राउ परेकाहरुमा नरेन्द्र बोहरा, पुस्कर बोहरा र सुनिल बोहरा रहेका छन् ।

पक्राउ परेका हरुलाई थप अनुसन्धान तथा कार्वाहिका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाईएको ७ नम्बर प्रदेश प्रहरी प्रमुख विजयप्रकाश भट्टले जानकारी दिनु भयो ।