जेनी मिस लिटिल नेवाः

0
Shares

 

भक्तपुरकी १३ वर्षीया जेनी मानन्धर मिस लिटिल नेवाः २०१७ चुनिएकी छिन्। सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ३० जना प्रतिस्पर्धीलाई उछिन्दै जेनीले प्रमुख उपाधिका साथ नगद १० हजार प्राप्त गरेकी छिन्।

नेप्लिज फेसन होमले आयोजना गरेको ११औं संस्करणको प्रतियोगितामा भक्तपुरकै रोजा प्रजापति फस्ट तथा लगनकी सियोन डंगोल सेकेन्ड रनर्सअप भइन्। नेवार समुदायका ९ देखि १३ वर्ष उमेर समूहका बालिका तथा किशोरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा सिजल महर्जन मिस ट्यालेन्ट, रिधाना श्रेष्ठ सोसल वेलफेयर एम्बेसडर, आइशा श्रेष्ठ बेस्ट ड्रेस, श्रीजिका श्रेष्ठ मिस डिसिप्लिन, सगुन श्रेष्ठ बेस्ट स्किन, स्नेहा ताम्राकार बेस्ट हेयर, पूर्वा प्रधान मिस चार्मिङ, शिल्पी व्रजँचार्य बेस्ट स्माइल, रुनिषा पुजारी मिस क्युट, ओशिन महर्जन मिस फोटोजेनिक र स्मृति खड्गी मिस फ्रेन्डसिप भए। प्रतियोगिताको क्रममा प्रतिस्पर्धीहरुले डिजाइनरद्वय प्रज्वल श्रेष्ठ तथा सरिता महर्जनले तयार पारेका पहिरन प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा पूर्वमिस नेवाःहरू एलिशा व्रजँचार्य, सुदिना श्रेष्ठ, इशु श्रेष्ठ, सौन्दर्यकर्मी सुष्मा महरा, गायक निर्णय श्रेष्ठ, प्रदीपमान प्रधान तथा त्रिलोचन श्रेष्ठ निर्णायक रहेका थिए भने नेपा डान्स एकेडेमीका कलाकारले आकर्षक नृत्य प्रस्तत गरेका थिए।