भिडियोमा कालो कपाल

0
Shares

 

गायक सुरज श्रेष्ठले नयाँ गीत कालो कपाल म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्। २०६१ सालदेखि संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल बोलको गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितेको छ।

विपीन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीतको उक्त पपगीतको म्युजिक भिडियो विभोर पोखरेलले निर्देश्ँन गरेका हुन्। गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ। रोशन श्रेष्ठद्वारा छायांकन गरिएको म्युजिक भिडियोमा निशान्त र सोनाले अभिनय गरेका छन्। सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन्। एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा किशन भुसालको कोरियोग्रँफी छ।