काठमाडौं । पूर्वविश्वविजेता इटाली ६० वर्षपछि पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । इटाली सन् १९५८ यता पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको हो ।
स्वीडेनविरूद्ध घरेलु मैदान सान सियारोमा भएको प्ले अफको दोस्रो लेगको खेल गोलरहित बराबरीमा सकिएपछि इटाली छनोट हुन असफल भएको हो ।
पहिलो लेगमा स्वीडेनलाई १० ले नतिजा सुम्पिएपछि इटालीको विश्वकप यात्रा धरापमा परेको थियो । दोस्रो लेगमा इटालीलाई स्वीडेनविरूद्ध २ गोलअन्तरको नतिजा निकाल्नु पर्ने थियो ।
तर, स्वीडेनले आफू अनुकुल नतिजा निकाल्दै गोलरहित बराबरीमा रोकिदियो । दोस्रो भएपछि प्ले अफमा धकेलिएको थियो । विश्वकप यात्रा तुहिएपछि इटालीका भेट्रान गोल किपर बुफोनसिहतका खेलाडीले रूँदै मैदान छाडेका थिए भने समर्थकहरू आक्रोशित भएका छन् ।
प्रतिक्रिया