खुसीयालीमा गोली चलाउँदा दुलाहा घाइते


 

कायरो, (एजेन्सी)
आफ्नो विवाहमा आएका एकजना पाहुनाले खुसीयाली मनाउने क्रममा सटगनबाट गोली चलाउँदा एकजना इजिप्सियन दुलाहा घाइते भएका छन्।

अण्डकोष, तिघ्रा र हातमा गम्भीर चोट लागेका ती दुलाहाको एउटा सरकारी अस्पतालमा उपचार भइरहेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन्। गल्तीवश ती पाहुनाले हावामा नभई २८ वर्षीय ओस्मान अल–अल्साइदलाई गोली हान्न पुगेका थिए।

प्रहरीले नाम नखुलाइएका ती २६ वर्षीय युवकले जथाभावी ढंगले गोली चलाएको बताइएको छ। सो दुर्घटना हुनासाथ घटनास्थलबाट फरार भएका उनलाई पछि पक्राउ गरिएको र अहिले उनीसँग बयान लिइँदै गरेको बताइएको छ। यस घटनाप्रति जनसमूहले सामाजिक सञ्जालमा कडा प्रतिक्रियाहरू दिएका छन्। तिनीहरूमध्ये अधिकांशले सार्वजनिक उत्सवहरूमा यसरी बन्दुक पड्काउने परम्परामाथि नै प्रतिबन्ध लगाइनुपर्ने आवाज उठाएका छन्।

एकजना ट्विटर प्रयोगकर्ताले त यसरी खुसी वा उत्सवको माहोलमा गोली चलाउने कुनै पनि व्यक्ति रिसाएको वा दुःखी रहेको थाहा पाउन नसकिने बताएका छन्। गत महिना पनि इजिप्टमा विवाह समारोहमा यस्तै घटना घटेको थियो। यस पछिल्लो घटनामा ती पाहुनाको तिघ्रामा पनि गोलीको छर्रा पसेकाले अस्पतलमा उनको शल्यक्रिया गराउनुपर्ने बताइएको छ।