ब्राजिलको स्पर्धामा विशेषता

0
Shares

 

राजधानीमा विभिन्न समयमा भएका बालबालिकाका प्रतिभामूलक तथा सौन्दर्य प्रतियोगिताका विजेतालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा ई प्लानेटले ब्राजिलमा हुने लिटिल मिस क्विन इन्टरनेसनलमा नेपालका तर्पmबाट बालिकालाई सामेल गराउने औपचारिक अधिकार प्राप्त गरेको छ।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाले त्यहाँ हुने प्रतियोगितामा नेपालमा विजयी विशेषता बुढाथोकीलाई सहभागी गराउन लागेको जानकारी गराए। आगामी ११ डिसेम्बरका दिन ब्राजिलको साउपाउलोस्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा हुने लिटिल मिस क्विन इन्टरनेसनल स्पर्धाका लागि राजधानीमा सम्पन्न जुनियर व्याटल २०१७ तथा चाइल्ड आईकन २०१७ का विजेता १० वर्षीया विशेषता बुढाथोकीलाई त्यसतर्फ पठाइन लागेको सापकोटाले जानकारी गराए।

प्रतियोगिता ६ डिसेम्बरदेखि १२ सम्म चल्नेछ। मुख्य उपाधिसहित विभिन्न उपउपाधिको विजेताको घोषणा ११ तारिखमा सम्पन्न हुने फाइनल राउन्डमा हुनेछ। ४ वर्षदेखि ब्राजिलमा हरेक वर्ष आयोजना हुँदै आएको बालबालिकाको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा ४१ राष्ट्रका बालबालिकाले स्पर्धा गर्नेछन्। यो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता हुन लागेको हो।