एकादेशमा महोत्सवमा ४३ देशका ९९ फिल्म

0
Shares

एकादेशमा अन्तर्राष्ट्रिय लघु फिल्म महोत्सव आगामी बिहीबारबाट कमलपोखरीस्थित कुमारी सिनेमा हलमा शुरू हुने भएको छ। महोत्सव मंसिर ३ गतेसम्म चल्ने छ।

महोत्सवबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ४३ देशका कुल ९९ लघु फिल्म प्रदर्शनी गरिने जानकारी गराइएको हो। महोत्सवको यो पाँचौं संस्करणलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको हो। त्यहाँ प्रकाश पर्न देउ भन्ने नाराका साथ हुने महोत्सवमा चेन्चिङ प्रस्पेक्टिभ, फ्युचर अफ सिनेमा, पावर नामक विधाका फिल्मले प्रतिस्पर्धा गर्नेछन्। महोत्सवमा ३ मिनेटदेखि ३० मिनेट समयसम्मका फिल्म प्रदर्शन हुनेछन्। विभिन्न सामाजिक मुद्दा, सामाजिक विसंगतिमा आधारित फिल्महरू नै यो संस्करणका विशेषता हुने बताइएको छ। आयोजकका अनुसार अभिनेत्री मनीषा कोइराला, नम्रता श्रेष्ठ, नेपाल फिल्म क्रिटिक्स एसोसियसनका अध्यक्ष यज्ञश, बंगलादेशी फिल्ममेकर मोस्तफा, सरवार फरुकी, इटलीका पत्रकार तथा निर्माता पओलो बर्टाेलिनलगायतको टोलीले चेन्जिङ प्रस्पेक्टिभ विधाबाट एउटा उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्नेछन्। पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री तथा निर्णायक टोलीको सदस्य नम्रता श्रेष्ठले नयाँ विद्यार्थीसँग काम गर्न पाउँदा उत्साहित भएको बताइन्।

महोत्सवमा अ जेन्टल नाइट, टेस्ट अफ लभ, सिल्भर ब्याङ्लेस, यु आर सिइङ थिङ्स, टाइम कोड, अ क्युरियस गर्ल, प्रतीक्षा, माइला दाइ, कोखलगायतका लघु फिल्म देखाइनेछ।