पार्टी फरक भएको भन्दै छोरा–छोरीसहित पत्नीलाई घर निकाला


नेपाल समाचारपत्र, मुगु ।
आफुले रोजेको पार्टी लाई सहयोग नगरेको भन्दै दुई जना छोरा छोरी सहित आफनै पत्नि लाई एक जनाले घर निकाला गरेका छन ।

जिल्लाको पुर्बि क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका—८ माँग्री गाँउ निबासि ३१ बर्षिय निमा छिरिङ्ग तामङ्गले आफनो पार्टी नेपाली काँग्रेस लाई सहयोग नगरेको भन्दै पत्नि २६ बर्षिया कार्मा छुईकित तामङ्ग लाई बैशाखमा सम्पन्न स्थानिय निकायको निबार्चनमा एमाले लाई मतदान गरेको र मंसिर १० गते हुने निर्बाचनमा समेत एमाले लाई सहयोग गर्न लागेको भन्दै पत्नि सहित दुई नाबालक छोरा छोरी लाई घर निकाला गरेका हुन ।

बैषाखमा सम्पन्न भएको स्थानिय निकायको निर्बाचनमा निमा छिरिङ्गकि आमा सासु एमालेको तर्फबाट वडासदस्यमा बिजयी भएकि थिईन आफनो आमा मतदान गर्नका साथै प्रचारप्रसारमा समेत सहयोग गरेको र आफुले भनेको मान्छे लाई मतदान नगरी आफनो आमा सहति गाँउपालिका देखि वडा सम्मका सबै स्थानमा नेपाली काँग्रेसका उम्मेदार लाई मतदान नगरी एमाले लाई सहयोग गरेको आरोपमा निमा छिरिङ्गले पत्नि लाई पहिलो पटक गएको जेठ ५ गते कुटपिट गरी घर निकाला गरेपछी गाँउलेहरुले जेठ १० गते दुबै जना लाई मिलापत्र गरी निमाको घरमा पठाएको भएपनि कार्तिक १२ पुन निमाले पत्नि कार्म छोईङ्ग लाई मंसिर १० गते हुने निर्बाचनका लागी एमाले लाई सहयोग गर्न लागेको भन्दै दुई जना छोरा छोरी सहित घर निकाला गरेको सोही वडाका सोनाम तामङ्गले बताएका छन ।

आफुले भनेको पार्टी लाई सहयोग नगरेको भन्दै दिनहु मदिरा सेवनगरी कुटपिट गर्ने गरेका निमाले पत्नि लाई एमाले सर्मथ भएकै आरोपमा घर निकाला गरेपछी पिडित महिला दुई छोराछोरी सहित छिमेकिको घरकोठा मागेर बस्दै आएको पिडितले न्यायका लागी कुनै पनि निकायमा उजुरी नदिएको उनका आफन्तले बताएका छन ।