फेरि फेरिमा अर्पण र ऋचा को जोडी

0
Shares

बिभिन्न टेलिसिरीयलमा दोहोर्याइ दोहोर्याइकन भन्ने थोगोका कारण चर्चित हास्य अभिनेता तथा निर्देशक पुरन थापाले फेरिफेरि नामक फिल्म निर्माण गर्ने भएका छन्।

यसअघि पिरिम पर्या छन् र कान्छी मट्याङ ट्याङजस्ता कमेडी फिल्म निर्माण गरेका पुरनले फेरि फेरि पनि हास्यरस युक्त हुने बताएका छन्। फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओम प्रतिक गुरुङ, धर्मेन्द्र आचार्यका साथ निर्देशक पुरन आफँै पनि प्रमुख भुमिकामा हुनेछन्।

माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म कमेडी जनराको भएको निर्देशक पुरनले जनाएका छन्। निर्देशक पुरन आफुले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लु हेलियम एटके क्यामेरा भित्त्याएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी गराए। उच्च प्रविधियुक्त फिल्म निर्माणका लागि सो क्यामेरा ल्याएको उनले जनाए। रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत रहनेछ।