अवार्ड पाएपछि होस् गुमाउँदा …

0
Shares

अमेरिकाको लस एन्जलस्थित वेभर्ली हिल्टन होटलमा आयोजित २१औं हलिउड फिल्म अवार्डस् समारोहमा भएको घटनाले हलिउड तातेको छ। अभिनेतृ केट विन्सलेटले कार्यक्रम उद्घोषण गरिरहेकी एलिसन जेनीलाई चुम्बन गरेको खबर अहिले भाइरल भएको छ।

फिल्म वन्डर ह्विलबाट उत्कृष्ट अभिनेतृको अवार्ड जितेपछि अभिनेतृ केटले आफ्नो होस् नियन्त्रण गर्न नसकी कार्यक्रम उद्घोषण गरिरहेकी एलिसन जेनीलाई चुम्बन गर्न पुगिन्। ‘पोलिटिकल ड्रामामा आधारित फिल्म द वेस्ट विंगमा एलिसनले निर्वाह गरेको ह्वाइट हाउस प्रेस सेक्रेटरीको भूमिकाबाट म निकै प्रभावित भएको थिएँ र मलाई त्यतिबेला किस नै उपयुक्त लाग्यो’ –अवार्ड विजेता केटले भनेकी छिन््।

भाइरल भएको भिडियोमा केटले फिल्म वेस्ट विंकी अभिनेतृ एलिसनको अनुहारलाई समातेर चुम्बन गरेको देख्न सकिन्छ। यी दुईबीचे केही सेकेन्डको चुम्बन अहिले निकै भाइरल भएको छ।